आँधी–हुरी र वर्षाले धनकुटामा ठूलो भौतिक क्षति

त्यस्तै बिहीबारे हटियामा रहेको व्यापारिक केन्द्रका पसल तथा संरचनाका छाना उड्नुका साथै रुख ढलेर केही संरचनामा क्षति पुगेको बताइएको छ।

चैत्र ३, २०८२

विनोद घिमिरे

Storms and rain cause major damage in Dhankuta

धनकुटा — सोमबार राति आएको आँधी–हुरीसहितको वर्षाले धनकुटाका विभिन्न स्थानमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। जिल्लाका धेरै स्थानमा कच्ची घरका छाना उडेको, रुख भाँचिएको तथा विभिन्न संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

Storms and rain cause major damage in Dhankuta


धनकुटा बजारस्थित बालमन्दिर क्षेत्रमा दुईवटा घरका छाना उडाएको छ। त्यस्तै बिहीबारे हटियामा रहेको व्यापारिक केन्द्रका पसल तथा संरचनाका छाना उड्नुका साथै रुख ढलेर केही संरचनामा क्षति पुगेको बताइएको छ।

Storms and rain cause major damage in Dhankuta


आँधीका कारण जिल्लाका अन्य स्थानमा पनि घर, पसल तथा रुखमा क्षति पुगेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने अझै संकलन हुन सकेको छैन। रातिको समयमा घटना भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरदकुमार थापा क्षेत्रीले जानकारी दिए ।

Storms and rain cause major damage in Dhankuta


उनका अनुसार विभिन्न स्थानबाट क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। सोमबार बेलुकादेखि नै धनकुटामा बिजुली र इन्टरनेट सेवा अवरुद्ध छ।

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण भने मंगलबारसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully