वर्षासँगैको हावाहुरीले ताप्लेजुङका विभिन्न स्थानमा क्षति

आइतबार दिउँसो वर्षासँगै चलेको हावाहुरीले ताप्लेजुङका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ ।

चैत्र १, २०८२

आनन्द गौतम

Storms accompanied by rain cause damage in various places in Taplejung

ताप्लेजुङ — आइतबार दिउँसो वर्षासँगै चलेको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । 

सिदिङवा गाउँपालिकाको साब्लाखु भन्याङमा सरस्वती माध्यमिक विद्यालय साब्लाखुको छाना हावाहुरीले उडाएको छ । मेहेलेको चुङबुङमा टीका राईको घर र नजिकैको विद्यालय भवनमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । 

मेहेले, लिम्बूदिन, सादेवा, साम्लाखुभन्ज्याङ लगायतका स्थानमा क्षति पुर्‍याएको, तर पूर्ण विवरण आइनसकेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कर्डरियाले जानकारी दिइन् । विद्युत्, इन्टरनेट र सडकसम्म पनि अवरूद्व भएको स्थानीय राजकुमार लिम्बूले जानकारी दिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully