आइतबार दिउँसो स्थानीय ५६ वर्षीय लक्ष्मण लिम्बु छिमेकी भीमकुमारी लिम्बुको घरअगाडिको फलैँचामा बसिरहेको अवस्थामा अचानक लडेका थिए। करिब २० फिट तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
धनकुटा — जिल्लाको छथरजोरपाटी गाउँपालिका-४ तेलियामा फलैँचाबाट लडेर एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो स्थानीय ५६ वर्षीय लक्ष्मण लिम्बु छिमेकी भीमकुमारी लिम्बुको घरअगाडिको फलैँचामा बसिरहेको अवस्थामा अचानक लडेका थिए। करिब २० फिट तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले घटनाको मुचुल्का लगायत कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।