बेलकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दुर्घटनामा परी ट्याक्टर चालक बेलका नगरपालिका–२ का सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चैत्र १, २०८२

राकेश नेपाली

Driver dies in tractor accident in Belka

उदयपुर — उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोला नजिक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

आइतबार बिहान सवा १० बजे बानडाँडाबाट गिदेरीतर्फ खेत जोत्न जाँदै गरेको प्रदेश १-०४-००१ त १३३२ नम्बरको रोटाभेटर जडान गरिएको ट्याक्टर गिदेरी खोलाको उकालो निस्कने क्रममा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक बेलका नगरपालिका–२ का सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाईंले बताए । 

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully