बेल्टारमा बेवारिसे शव फेला

जडीबुटीसहितको झोला साथमा रहेको अपरिचित मानिस मृत फेला परेको प्रहरीले जनाएको छ ।

चैत्र १, २०८२

भोटराज राई

Abandoned body found in Beltar

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बेवारिसे शव फेला परेको छ ।

जडीबुटीसहितको झोला साथमा रहेको अपरिचित मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । 

बेल्टार बजारको बसपार्कस्थित सार्बजनिक विश्रामघरमा एक युवक मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको हो ।

मृतकको आफन्त र चिनजानका मानिसको खोजी भइरहेको छ । शव जिल्ला अस्पताल उदयपुर लगिएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बुले जानकारी दिए ।

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully