संखुवासभाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत ल्याउँदै अन्य दललाई पछाडि पारेको छ।
संखुवासभा —
संखुवासभामा प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मंगलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाले १५ हजार ३४३ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेको हो। त्यस्तै नेकपा एमालेले १३ हजार ९१४ मतसहित दोस्रो स्थान सुरक्षित गरेको छ भने नेपाली कांग्रेस १२ हजार १६४ मतसहित तेस्रो स्थानमा रहेको छ।
यसैगरी श्रम संस्कृति पार्टीले १२ हजार ३९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।
जिल्लामा कुल ६३ हजार ४०२ मत खसेकोमध्ये ६० हजार ६६८ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसअघि प्रतिनिधि सभा प्रत्यक्षतर्फ भने नेकपा एमालेका डा. अर्जुन कार्की विजयी भइसकेका छन्।
