प्रत्यक्षतर्फ पहिलो बनेको कांग्रेस समानुपातिकमा १४ हजार १ सय मत मात्रै प्राप्त गरेको छ ।
पाँचथर — समानुपातिक तर्फ श्रम संस्कृति पार्टीले सर्वाधिक मत प्राप्त गरेको छ । सोमबार बिहान परिणाम सार्वजनिक हुँदा यो दलले १८ हजार ३ सय ६८ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो ।
यहाँबाट प्रत्यक्ष तर्फ भने नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ १७ हजार २ सय ३३ मतसहित विजयी भएका छन्।
समानुपातिकमा भने श्रम संस्कृति पार्टीलाई कांग्रेस उम्मेदवारले प्रत्यक्ष तर्फ प्राप्त भएको भन्दा १ हजार १ सय ३५ बढी मत प्राप्त भएको हो ।
प्रत्यक्षतर्फ पहिलो बनेको कांग्रेस समानुपातिकमा १४ हजार १ सय मत मात्रै प्राप्त गरेको छ ।
यस्तै प्रत्यक्षमा तेस्रो,चौथो,पाँचौं र छैठौं स्थान बनाएका नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय परिवर्तन पार्टिले सोही स्थानमा सुरक्षित भएका छन् ।
यहाँबाट एमालेले १३ हजार ४ सय १५ मत प्राप्त गरेको छ । जिल्लाबाट एमालेलाई प्रत्यक्षतर्फ १४ हजार ५ सय ३७ मत प्राप्त गरेको थियो ।
समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टिलाई ७ हजार २सय ६०,राष्ट्रिय स्वतन्त्र पार्टिलाई ७ हजार २ सय ९१ र राष्ट्रिय परिवर्तन पार्टिलाई ३ हजार ८ सय १५ मत प्राप्त भएको छ ।
प्रत्यक्षतर्फ ती दलले क्रमशः ११हजार ४ सय ४३, ४ हजार १सय ९७ र २हजार५ सय २५ मत प्राप्त गरेका थिए।
पाँचथरमा श्रम संस्कृतिले मत बढाँउदा कांग्रेस,एमाले र नेकपा तीनवटै दल खुम्चिएका छन् । २०७९ को निर्वाचनमा जिल्लामा एमाले सबैभन्दा ठूलो दल थियो ।
त्यो बेला एमालेले २६ हजार, कांग्रेसले १९ हजार ५ सय र नेपाले १३ हजार ९ सय मत ल्याएका थिए ।
