पछिल्लोपटक सार्वजनिक मत परिणामअनुसार कांग्रेसका निश्कल राईले हालसम्म १३ हजार ३६१ मत प्राप्त गरेका छन्को । उनलाई श्रम संस्कृति पार्टीका विनाेद नेम्वाङ्ग लिम्बू १३ हजार २८६ मतसहित उनलाई पछ्याई रहेका छन् ।
पाँचथर — इलामको मत गणना अन्तिम चरणमा पुगेको छ । मत गणना मैजारो हुन लाग्दा प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ ।
पछिल्लोपटक सार्वजनिक मत परिणामअनुसार कांग्रेसका निश्कल राई अगाडि छन् । उनलाई हालसम्म १३ हजार ३६१ मत प्राप्त भएको छ । श्रम संस्कृति पार्टीका विनाेद नेम्वाङ्ग लिम्बू १३ हजार २८६ मतसहित उनलाई पछ्याई रहेका छन् । प्रतिस्पर्धीबीचको मतान्तर ७५ रहेकाे छ । एमालेका काजीमान कागते ११ हजार ५६१ मतसहित तेस्रो स्थानमा छन् । यहाँ खसेको ६३ हजार ९९५ मध्ये दिउँसो २ः४० सम्म ६१ हजार १६१ मत गणना भइसकेको छ । अव २ हजार ८३४ मत मात्रै गन्न बाँकी छ ।
