उनी १४ हजार ८०२ मतसहित विजयी भएका हुन् ।
उदयपुर — उदयपुर - २ मा रास्वपाका उम्मेदवार सूर्य तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी१४ हजार ८०२ मतसहित विजयी भएका हुन् । दाेस्राे बनेका नेकपा एमालेका अम्बर रायमाझीको ७ हजार ६४८ मत रहेको छ । रायमाझी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका रामकुमार राईको ७ हजार २९० मत प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश कुमार राईले ५ हजार ११७ मत प्राप्त गरे। त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले ३ हजार १३९ मत प्राप्त गरेका छन्।
याे क्षेत्रमा कुल ९६,१३१ मतदाता रहेकाेमा ४४ हजार ६३४ मत खसेको थियाे।
