सुनसरी-१ : हर्क साम्पाङ झन्डै २ हजार मतले अगाडि

जारी मतगणनामा साम्पाङले ७ हजार ८१३ मत प्राप्त गरेका छन् ।

फाल्गुन २३, २०८२

एलिना राई

Sunsari-1: Hark Sampang leads by nearly 2,000 votes

धरान — सुनसरी–१ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार हालसम्म १९ हजार ३३० मत गणना सकिँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ७ हजार ८१३ मत प्राप्त गरेका छन्। उनले निकटतम प्रतिद्वन्द्वीभन्दा १९४२ मतको अग्रता बनाएका हुन्।

शुरुवाती चरणमा अग्रता लिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सरिन तामाङ (गोमा) ले ५ हजार ८७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छन्।

त्यस्तै तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका मनोज भट्टराई रहेका छन्। उनले १ हजार ४७३ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा एमाले (सूर्य) का टिकाराम लिम्बूले १ हजार २१४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङ ले १०९३ मत पाएका छन्।

राप्रपाका उद्धव श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका डम्बर लावतीले १६६ मत पाएका छन्।

सहायक निर्वाचन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार हालसम्म खसेको मतमध्ये १९ हजार ३३० मत गणना भइसकेको छ। त्यसमध्ये १८ हजार ३३१मत सदर भएको छ भने ९९९ मत बदर भएको जानकारी दिएका छन्।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully