दुईदिनपछि थुदामको मतपेटिका ल्याइएको हो । थुदाममा १३ मत मात्रै खसेको थियो ।
संखुवासभा — १३ मात्रै मत खसेको संखुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका शनिबार बिहान ८ बजे खाँदबारी ल्याइएको छ।
जिल्ला प्रहरीका डिएसपी कुमारप्रसाद मैनालीले सेनाको हेलिकप्टरबाट मतपेटिका, मतदान अधिकृत, सुरक्षा प्रमुख समेतलाई ल्याइएको हो । मतपेटिका आएसँगै आजै १२ बजेपछि मतगणना सुरु गरिने तयारी थालिएको छ । दुईदिनपछि थुदामको मतपेटिका ल्याइएको हो । थुदाममा १३ मत मात्रै खसेको थियो । त्यहाँ ६३ मतदाता थिए ।
१ सय ६४ मतदान केन्द्र मध्ये थुरामको अन्तिम मतपेटिका मतगणना स्थलमा सुरक्षित आइपुगेसंगै मतदान र ढुवानीको सुरक्षा व्यवस्थापन प्रभावकारी भएको डिएसपी मैनालीले बताए । उनले भने, ‘अब मतगणना पनि सुरक्षित रुपमा सम्पन्न गर्छौं।’
भौगोलिक रूपमा विकट मानिएका भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्र मध्ये भोटखोला गाउँपालिकाको रिदाक र किमाथाङ्का तथा सिलिचोङ गाउँपालिका –५ को काम्पेक र गौथला को मतपेटिका ल्याइएको उनले बताए ।
१ सय ६० मतदान केन्द्रको पैदल मार्गबाट मतपेटिका गणनास्थल ल्याइएको थियो ।
