पछिल्लो मतपरिणाम अनुसार श्रमसंस्कृतिका उम्मेदवार सानबहादुर राईले १५९० मतसहित अग्रता बनाएका छन्।
धनकुटा — धनकुटाको पछिल्लो मतपरिणामअनुसार श्रमसंस्कृति पार्टीले अग्रता लिएको छ।
पछिल्लो मतपरिणाम अनुसार श्रमसंस्कृतिका उम्मेदवार सानबहादुर राईले १५९० मतसहित अग्रता बनाएका छन्। उनलाई एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४० मत सहित पछ्याइरहेका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ७ सय ३४ मत प्राप्त गरेका छन्। यसै गरी रास्वपाका दिनेश राई १ सय ४४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
