झापा, मोरङ र सुनसरीमा रास्वपाको अग्रता कायमै

सुनसरीको एउटा क्षेत्रमा भने मतगणना सुरु भएको छैन ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSVP continues to lead in Jhapa, Morang and Sunsari

विराटनगर — कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा रास्वपाको अग्रता छ । सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयका अनुसार झापाका ५, मोरङका ६ र सुनसरीका ३ क्षेत्रमा रास्वपाले अग्राता कायमै राखेको हो ।

झापा-१ मा निशा डाँगी, २ मा इन्दिरा राना मगर, ३ मा प्रकाश पाठक, ४ मा शम्भु ढकाल र ५ मा बालेन्द्र शाहको अग्रता कायमै छ ।

मोरङ-१ मा यज्ञमणि न्यौपाने, २ मा कृष्णकुमार कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा उषा झा र ६ मा रुविना आचार्य अगाडि छन् । 

सुनसरी-१ मा गोमा तामाङ, २ मा लालविक्रम थापा र ३ मा अशोक चौधरी अगाडि छन् । सुनसरी-४ मा गणना सुरु भएको छैन । 

कान्तिपुर

Link copied successfully