भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याउन सुरु गरेको हो।
संखुवासभा — भौगोलिक रूपमा विकट मानिएका संखुवासभाका पाँच वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट खाँदबारी ल्याउन थालिएको छ।
भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याउन सुरु गरेको हो।
भोटखोला गाउँपालिकाको थुदाम, रिदाक र किमाथांका र सिलिचोङ गाउँपालिका–५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा ३ को शिवशक्ति माध्यमिक विद्यालय काम्पेक मतपेटिका सेनाको हेलिकप्टरबाट ल्याउन सुरु गरिको डिएसपी कुमारप्रसाद मैनालीले बताए ।
१ सय २४ मतदान केन्द्रको पैदल मार्गबाट मतपेटिका गणनास्थल ल्याइसकिएको छ । जिल्लामा एक अस्थायीसहित १६५ मतदान केन्द्र छन् ।