ताप्लेजुङ हाङपाङमा फेरि शंकास्पद वस्तु फेला

बुधबार बिहानै शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको टोली पुगेको छ।

फाल्गुन २०, २०८२

आनन्द गौतम

Suspicious object found again in Hangpang, Taplejung

ताप्लेजुङ — आठराई त्रिवेणि गाउँपालिका ३ हाङपाङ पन्चमीमा फेरी शंकास्पद वस्तु फेला परेको छ।

बुधबार बिहानै शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको टोली पुगेको छ। मङ्गलबार पनि शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलिले निष्क्रिय बनाएको थियो । मंगलबार आधा दिन तनाव भएको थियो । यस्तो वस्तुले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई दौडधुप गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार  बुधबार पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । मङ्गलबार इनर्जी ड्रिङ्कको बट्टामा माटो भरी प्लास्टिकको पाइपभित्र राखी त्यसमा पनि माटो भरी बिजुलीको तार जोडेर राखिएको वस्तु रहेको सेढाइले जानकारी दिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully