तारसहितको बेवारिसे बट्टाले ताप्लेजुङमा आधा दिन तनाव

सडकमा देखिएको यस्तो बस्तुले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई दौडधुप गराएको थियो।

फाल्गुन १९, २०८२

आनन्द गौतम

Unused wire-covered container causes tension in Taplejung for half a day

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका-२ पन्चमीमा फेला परेको 'शंकास्पद' बस्तुले मंगलबार आधा दिन तनाव दिएको छ।

सडकमा देखिएको यस्तो बस्तुले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई दौडधुप गराएको थियो।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार सेनाले डिस्पोज गरेको छ। 'इनर्जी ड्रिंक्सको बट्टामा माटो भरेर प्लास्टिकको पाइपभित्र बिजुलीको तार जोडेर राखिएको बस्तु रहेछ,' सेढाइले भने।

स्ऱ्थानीयका अनुसार सेनाले दुई पटकको प्रयासमा निस्क्रिय बनाएर सडक खुलाएको हो । बिहान ८ः३० बजेतिर शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully