ताप्लेजुङको आठराई त्रिवेणीको हाङपाङमा शंकास्पद वस्तु देखिएपछि सेनाको टोली परिचालित

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले शंकास्पद वस्तु रहेको सूचनाका आधारमा सुरक्षाकर्मीको टोली गएको र यकिन कुरा केही समयपछि थाहा हुने बताएका छन्।

फाल्गुन १९, २०८२

आनन्द गौतम

Army team deployed after suspicious object spotted in Hangpang, Aathrai Triveni, Taplejung

ताप्लेजुङ — ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शंकास्पद वस्तु देखिएपछि सेनाको टोली परिचालन गरिएको छ।

पञ्चमी डाँडाँदेखि केही माथि सडकमै शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रशासनलाई खबर गरेका थिए।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले शंकास्पद वस्तु रहेको सूचनाका आधारमा सुरक्षाकर्मीको टोली गएको र यकिन कुरा केही समयपछि थाहा हुने बताएका छन्।

घटनास्थलमा रहेका गैरसरकारी संस्था महासंघका अध्यक्ष खड्गविक्रम सुवेदीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका सुरक्षाकर्मीको टोली घटनास्थलमा रहेको र सेनाको विशेष टोलीको प्रतीक्षामा रहेको बताएका छन्। के कस्तो वस्तु हो भन्नेचाहिँ अहिलेसम्म यकिन नभएको उनले बताए।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully