उज्यालो नेपालका उम्मेदवार वसन्त बुढाथोकीले नेकपा एमालेका विनोद ढकाललाई सघाउने भएका हुन्।
विराटनगर — कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका उम्मेदवारले मोरङ ६ मा एमालेलाई सघाउने भएको छ।
उज्यालो नेपालका उम्मेदवार वसन्त बुढाथोकीले नेकपा एमालेका विनोद ढकाललाई सघाउने भएका हुन्।
मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी बुढाथोकीले उम्मेदवारी निष्क्रिय बनाउँदै आफ्नो समर्थन ढकाललाई रहेको जनाएका हुन्।
मोरङ ६ मा ढकालसहित कांग्रेसका शेखर कोइराला, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय, रास्वपाबाट रुबिना आचार्यलगायत उम्मेदवार छन्।