प्रशासनले मोरङ जिल्लाभित्र घरेलु मदिरा उत्पादन तथा सबै प्रकारका मादक पदार्थको कारोबार र उपभोगमा रोक लगाएको स्पष्ट गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जनाए
विराटनगर — जिल्ला प्रशासन कार्यालय मोरङले निर्वाचन अवधिभर मदिराजन्य वस्तुको उत्पादन, बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार सूचना जारी गर्दै गृह मन्त्रालयको निर्णयअनुसार निर्वाचन हुनुभन्दा सात दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरासम्बन्धी सम्पूर्ण गतिविधि रोक लगाइएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनाअनुसार २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मिति २०८२ फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम नतिजा सार्वजनिक नहुन्जेलसम्म जिल्लाभित्र मदिरा उत्पादन गर्ने, बिक्री–वितरण गर्ने तथा सेवन गर्ने कार्यमा प्रतिबन्ध रहनेछ।
प्रशासनले मोरङ जिल्लाभित्र घरेलु मदिरा उत्पादन तथा सबै प्रकारका मादक पदार्थको कारोबार र उपभोगमा रोक लगाएको स्पष्ट गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जनाए। 'सूचनाविपरीत कुनै गतिविधि गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने छ', उनले भने।
