२०७९ को स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनमा तत्कालीन नेकपा एकीकृत समाजवादीको तर्फबाट विजयी राई बाराहापोखरीमा शुक्रबार भएको कार्यक्रममा प्रवेश गरेका हुन् ।
खोटाङ — बाराहापोखरी गाउँपालिका उपाध्यक्ष भुवल राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनमा तत्कालीन नेकपा एकीकृत समाजवादीको तर्फबाट विजयी राई बाराहापोखरीमा शुक्रबार भएको कार्यक्रममा प्रवेश गरेका हुन् ।
श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार नेकपा एसका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका राई हाल नेपाल कम्युनिष्ट पार्टीमा थिए । उनीसहित कांग्रेस, एमालेका स्थानीय नेता–कार्यकर्तासहित प्रवेश गरेका छन् ।
उनीहरूलाई श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष प्रताप राई, उम्मेदवार आरेन राई, नेता निर्मल राईले स्वागत गरेका थिए ।
