श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार जसपा समानुपातिक उम्मेदवारसहित विभिन्न ३७ जना नेता–कार्यकर्ता र कांग्रेस खोटाङ क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति विष्णुराज राई श्रम संस्कृति पार्टीमा समाहित भएका हुन् ।
खोटाङ — अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी समानुपाति उम्मेदवार रेनुका राई श्रम संस्कृति पार्टीमा समाहित भएकी छन् ।
श्रम संस्कृति पार्टी खोटाङको दिक्तेलस्थित कार्यालयमा आयोजित कार्यक्रममा उनीसहित जसपाका करिब ३ दर्जन नेता–कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।
श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार रेनुकासहित जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष निर्मल राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका वडाध्यक्ष मुगाधन राई, जनता समाजवादी पार्टीका नेता पीके खम्बु लगायत विभिन्न ३७ जना नेता–कार्यकर्ता पार्टीमा समाहित भएका हुन् ।
कार्यक्रममा कांग्रेस खोटाङ क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति विष्णुराज राईसमेत श्रम संस्कृति पार्टीमा प्रवेश गरेको राईले बताए ।
