धनकुटाको भन्ज्याङ डाँडा क्षेत्रको आगलागी नियन्त्रणमा

छथर जोरपाटी गाउँपालिका–४, भन्ज्याङ डाँडा क्षेत्रमा बिहीबारदेखि लागेको आगो नियन्त्रणमा आएको हो ।

फाल्गुन ८, २०८२

विनोद घिमिरे

Fire in Bhanjyang Danda area of ​​Dhankuta under control

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिका–४, भन्ज्याङ डाँडा क्षेत्रमा बिहीबारदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।

स्थानीय आहाले क्षेत्रबाट सुरु भएको आगो पिप्ले गाउँतर्फ फैलिएको थियो । आगोले जंगल र वन्यजन्तुहरू प्रभावित भए पनि अहिलेसम्म कुनै भौतिक वा मानवीय क्षति नभएको स्थानीय योगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

जंगलमा लागेको आगो पिप्ले बस्तीतर्फ बढेपछि घर र गोठका छानामा पानी हालेर जोगाउनु परेको स्थानीय खिन्द्रबहादुर गिरीले बताए । उनले भने, 'पिप्ले वरिपरि जंगलले ढाकेको र पर्याप्त जनशक्ति तथा उपकरण नहुँदा आगो फेरि बस्तीमा पस्न सक्छ, तर एकपटकलाई जोखिम टरेको छ।' गएको वर्ष पनि सोही स्थानमा लागेको आगोले स्थानीयका चार वटा घर र गोठ जलेका थिए । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully