पूर्वी पृतनामा सेना सम्बन्धी प्रदर्शनी

दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सेनाले निर्वाह गर्दै आएको भूमिका, विपद् व्यवस्थापनमा दिएको योगदान, विकास निर्माणमा सहभागिता तथा विभिन्न शान्ति मिसनमा गरेको कार्यसम्पादन सम्बन्धी जानकारी गराइने जनाइएको छ ।

फाल्गुन ४, २०८२

अर्जुन सुवेदी

Military exhibition in the eastern part of the country

सुनसरी — नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीमा सेनाको स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको ‘फोटो तथा नेपाली सेना सम्बन्धी प्रदर्शनी’ सोमबारबाट सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सेनाले निर्वाह गर्दै आएको भूमिका, विपद् व्यवस्थापनमा खेलेको योगदान, विकास निर्माणमा सहभागिता तथा विभिन्न शान्ति मिसनमा गरेको कार्यसम्पादन सम्बन्धी जानकारी गराइने जनाएको छ । 

प्रदर्शनीमा नेपाली सेनाको इतिहास झल्काउने दुर्लभ तस्बिर तथा सामग्री प्रदर्शन गरिनुका साथै विभिन्न युनिटले प्रयोग गर्ने अत्याधुनिक हतियार, सञ्चार उपकरण, सुरक्षा सामग्री तथा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्रीको अवलोकन र त्यसको बारेमा सहभागीलाई जानकारी गराइने छ । 

सैनिकहरूले प्रदर्शनात्मक अभ्यास (ड्रिल), विशेष तालिमका नमूना अभ्यास तथा शान्ति मिसन सम्बन्धी जानकारी समेत प्रस्तुत गरेका थिए । कार्यक्रमका क्रममा सेनाले विपद् उद्धार, खोज तथा राहत कार्यमा खेलेको भूमिकाबारे जानकारी दिादै नागरिक–सेना सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । 

साथै, नेपाली सेनामा भर्ना छनोट प्रक्रिया, आवश्यक योग्यता र अवसरबारे जानकारीमूलक कक्षा समेत सञ्चालन गरिने जनाइएको छ । प्रदर्शनीबाट युवापुस्तामा राष्ट्रसेवाप्रति आकर्षण बढाउने, सेनाको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने तथा पारदर्शी र उत्तरदायी संस्थाका रूपमा सेनाको छवि सुदृढ गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । सहभागीहरूले प्रदर्शनी जानकारीमूलक भएको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा विद्यार्थी, सर्वसाधारण तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि गरी २ हजार ५ सय बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

अर्जुन

Link copied successfully