सैनिक मञ्च टुँडिखेलमा सम्पन्न समारोहमा उत्कृष्ट घोषित विभिन्न गण तथा गुल्मलाई पनि नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
संखुवासभा — संखुवासभाको खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्म ‘प्रधानसेनापति ब्यानर प्रतियोगिता २०८२’ मा प्रथम स्थान हासिल गर्दै सर्वोत्कृष्ट गुल्म घोषित भएको छ।
गत साउनदेखि असोजसम्म सञ्चालन भएको उक्त प्रतिष्ठित प्रतियोगितामा नेपाली सेनाका विभिन्न युद्धक गुल्महरूबीच कडा प्रतिस्पर्धा भएको थियो।
तीमध्ये अनुशासन, कार्यकुशलता, युद्दकौषल, तालिम क्षमता र समग्र कार्यसम्पादनमा उत्कृष्ट प्रदर्शन गर्दै इन्द्रदल गुल्म पहिलो स्थानमा आउन सफल भएको हो।
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति महारथी अशोकराज सिग्देलले इन्द्रदल गुल्मका गुल्मपति सेनानी नवराज बस्नेतलाई प्रधान सेनापति व्यानर (झन्डा) प्रदान, नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।
सैनिक मञ्च टुँडिखेलमा सम्पन्न समारोहमा उत्कृष्ट घोषित विभिन्न गण तथा गुल्मलाई पनि नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति ब्यानर प्रतियोगिता नेपाली सेनाभित्रको सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धामध्ये एक मानिन्छ । जसले सैनिकहरूको पेशागत दक्षता, अनुशासन र नेतृत्व क्षमताको मूल्यांकन गर्ने गर्दछ ।
