कर्मीटारमा रहेको जीवन सुधार तथा उपचार केन्द्रमा रहेका १२ जना बिहीबार बिहान १० बजे भवनको तारबार तोडेर फरार भएको प्रहरीले जनाएको छ ।
धनकुटा — धनकुटा नगरपालिका–५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना फरार भएका छन् ।
कर्मीटारमा रहेको सुनाैलाे जीवन सुधार तथा उपचार केन्द्रमा रहेका १२ जना बिहीबार बिहान १० बजे भवनको तारबार तोडेर फरार भएको प्रहरीले जनाएको छ । फरार भएकाहरु लागुऔषध तथा मादकपदार्थ सेवनको लतबाट छुटकारा दिलाउन सुधार केन्द्रमा राखिएका थिए ।
सुधार केन्द्रमा ३० जना रहेकामा १२ जना फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरुको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
उनीहरु माथिल्लो तलाको भान्सा कोठाबाट फरार भएको सुधार केन्द्रका सञ्चालक उज्ज्वल खनालले बताएका छन् । विजय मल्लिकको अगुवाइमा हेरालु व्यक्तिलाई कुटपिट गरेर उनीहरु फरार भएका खनालले बताए ।
