धनकुटामा एमालेको ‘नेशनल भोलेन्टियर फोर्स’ गठन

एमालेले २३ वटा जनवर्गीय संगठनका रुपमा थप एउटा ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गरेको हो।

माघ २७, २०८२

विनोद घिमिरे

UML's 'National Volunteer Force' formed in Dhankuta

धनकुटा — नेकपा एमाले धनकुटाले जिल्लास्तरमा ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गरेको छ। समाजमा हुने नकारात्मक गतिविधिलाई निरुत्साहित गर्दै सकारात्मक र रचनात्मक अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले फोर्स गठन गरिएको एमाले प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए।

कटेलका अनुसार एमालेका २३ वटा जनवर्गीय संगठनका रुपमा थप यो फोर्स पनि गठन गरिएको हो।

जिल्लामा प्रवीण पोखरेलको नेतृत्वमा ६५ सदस्यीय फोर्स निर्माण गरिएको छ। धनकुटाका सबै पालिकालाई समेटेर पोखरेल कमाण्डर र मोहन लिम्बु सह–कमाण्डर रहने गरी संगठन संरचना तय गरिएको उनले बताए।

फोर्स गठन कार्यक्रममा नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय प्रमुख कमाण्डर पुष्प श्रेष्ठ, एमाले धनकुटा जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाललगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

एमालेले भयरहित, शान्तिपूर्ण र मर्यादित ढंगले निर्वाचन सम्पन्न गराउन तथा संगठनात्मक गतिविधि प्रभावकारी बनाउन फोर्सको भूमिका महत्वपूर्ण रहने जनाएको छ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully