कार्यालयले स्वतन्त्र उम्मेदवार लाक्पा तामाङलाई सामाजिक सञ्जालमार्फत गरिएको गतिविधिबारे जवाफ दिन निर्देशन दिएको हो।
धनकुटा — मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी परेपछि एक स्वतन्त्र उम्मेदवारलाई लिखित स्पष्टीकरण माग गरेको छ।
कार्यालयले स्वतन्त्र उम्मेदवार लाक्पा तामाङलाई सामाजिक सञ्जालमार्फत गरिएको गतिविधिबारे जवाफ दिन निर्देशन दिएको हो।
एमाले धनकुटाले आफ्ना प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई लक्षित गरी गलत फोन नम्बर तथा गलत व्यक्तिलाई उल्लेख गर्दै सामाजिक सञ्जालमा भिडियो र अडियोमार्फत व्यक्तिगत गालीगलौज, मानहानी तथा बद्नियतपूर्ण टिप्पणी गरिएको भन्दै उजुरी गरे पछि स्वतन्त्र उमेदवार तामाङलाई पत्र लेखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाका सहायक निर्वाचन अधिकृत ईन्द्रकुमार योङहाङले लेखेको पत्रमा कार्यालयमा लिखित जवाफ पेश गर्न भनिएको छ।
