झापा निर्वाचन क्षेत्र ५ मा रास्वपा सम्पर्क कार्यालयमा तोडफोड

कार्यालयको झ्यालको सिसा फुटेको छ ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Vandalism at RSVP liaison office in Jhapa Constituency 5

झापा — झापाको कमल गाउँपालिका–२ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्पक कार्यालयमा तोडफोड गरिएको छ ।

निर्वाचन क्षेत्र ५ मा रहेको यो सम्पर्क कार्यालयमा बुधबार मध्यराति तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय जयराम अधिकारीको घरको माथिल्लो तला भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको थियो ।

कार्यालयको झ्यालको सिसा फुटेको छ । प्रहरीले कार्यालयलाई नै लक्षित गरी आक्रमण भएकोजस्तो देखिएको बताएको छ । 

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र तोडफोड कार्यमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully