यङ ब्रदर्सका जर्सी नम्बर १९ का विदेशी खेलाडी कालुले २२ औ मिनेटमा पहिलो गोल गरे ।
उदयपुर — उदयपुरको बसाहामा जारी नारदमूनि थुलुङ स्मृति गोल्डकप अन्तरगत सोमबारको सेमिफाइनल खेलमा यङ ब्रदर्स फुटबल क्लब सुनसरी फाइनल पुगेको छ ।
सोमबार न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई ० कोविरुद्ध २ गोल गर्दै यङ ब्रदर फाइनल पुगेको हो।
यङ ब्रदर्सका जर्सी नम्बर १९ का विदेशी खेलाडी कालुले २२ औ मिनेटमा पहिलो गोल गरे । खेलको ४१ औ मिनेटमा उनैले अर्को गोल थपेका थिए । टिमका लागि दुई गोल गरेर उनले जित दिलाए ।
सोमबारको म्यान अफ द म्याच पनि उनी नै घोषित भए । मंगलबारको खेल सहलेस युवा क्लब सिरहा र एपीएफ काठमाडौं बीच हुनेछ।
प्रजातान्त्रिक योद्धा स्वर्गीय नारदमूनि थुलुङको स्मृतिमा आयोजना भएकाे गोल्डकपको माघ २२ गते फाइनल हुने छ।
चौदण्डीगढी नगरपालिकाको संयोजन तथा जिल्ला फुटबल संघ उदयपुरको प्राविधिक सहयोग र वर्षा क्लबको आयोजनामा गोल्डकप सञ्चालन भइरहेको हो।
