ताप्लेजुङ कांग्रेसको कार्यवाहक सभापतिमा बराल

सभापति गजेन्द्रप्रसाद तुम्याहाङ प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उपसभापति बराललाई कार्यवाहकको जिम्मेवारी दिइएको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिए ।

माघ १९, २०८२

आनन्द गौतम

Baral appointed as acting president of Taplejung Congress

ताप्लेजुङ — कांग्रेसले कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी डिल्लीरमण बराललाई दिएको छ ।

पार्टीसभापति गजेन्द्रप्रसाद तुम्याहाङ प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उपसभापति बराललाई कार्यवाहकको जिम्मेवारी दिइएको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिए ।

बराल र गणेशबहादुर लिम्बू कांग्रेस उपसभापतिकोजिम्मेवारीमा रहेका थिए। कार्यवाहकको जिम्मेवारी पाएका बरालले पार्टी सञ्चालनको जिम्मेवारी सुरु गरिसकेको बताएका छन् ।

निर्वाचन परिचालन समिति बनाउने, जिम्मेवारी बाँडफाँड गर्नेलगायतका निर्णय बरालकै अध्यक्षतामा बसेको बैठकले गरेको कांग्रेसले जनाएको छ ।

तुम्याहाङ घरदैलो तथा चुनावी अभियानका लागि सदरमुकामबाट गाउँ प्रवेश गरेका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully