शनिबार तेस्रो दिनको क्वाटर फाइनल खेलमा ट्राइब्रेकरबाट नेपाल खेलकुद क्लब रौतहटलाई पराजित गर्दै न्यू त्रियुगा स्पोर्ट्स सेमिफाइनल प्रवेश गरेको हो।
उदयपुर — बसाहमा जारी ११ औ नारदमुनि थुलुङ गोल्डकपको क्वाटर फाइनल खेलमा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी सेमिफाइनल प्रवेश गरेको छ।
शनिबार तेस्रो दिनको क्वाटर फाइनल खेलमा ट्राइब्रेकरबाट नेपाल खेलकुद क्लब रौतहटलाई पराजित गर्दै न्यू त्रियुगा स्पोर्ट्स सेमिफाइनल प्रवेश गरेको हो।
ट्राइब्रेकरमा २-१ को अन्तरले न्यू स्पोर्ट्स क्लब सप्तरीले जित हात पारेको हो।
प्रजातान्त्रिक योद्धा स्वर्गीय नारदमूनि थुलुङको स्मृतिमा आयोजना भएकाे गोल्डकपको आगामी २२ गते फाइनल हुने छ।
चौदण्डीगढी नगरपालिकाको संयोजन तथा जिल्ला फुटबल संघ उदयपुरको प्राविधिक सहयोग र वर्षा क्लबको आयोजनामा गोल्डकप सञ्चालन भइरहेको हो।