धनकुटामा अटो दुर्घटना, ६ जना घाइते

सान्ताङबाट ठोकातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ह ८६६९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

माघ १६, २०८२

विनोद घिमिरे

Auto accident in Dhankuta, 6 injured

धनकुटा — धनकुटा नगरपालिका–४ छारागाउँस्थित पिपलडाँडा भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सान्ताङबाट ठोकातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ह ८६६९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा अटो चालकसहित सवार यात्रु घाइते भएका हुन् । दुर्घटनामा अटो चालक धनकुटा–४ निवासी वर्ष ३८ का पञ्चलाल राई, वर्ष २७ की सपना राई, वर्ष २६ की लजु राई, वर्ष २ की अमिम्सा राई (लजु राईकी छोरी), लोकेन्द्र राई, वर्ष ५८ का प्रेमबहादुर राई घाइते भएका छन् ।

सबै घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो चालक पञ्चलाल राई र प्रेमबहादुर राईलाई थप परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully