झापामा मोटरसाइकल दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् घाइते

दुर्घटनामा बिर्तामोड नगरपालिका–७ निवासी ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका छन्। पछाडि सवार श्रीमती ५४ वर्षीया कल्पना भण्डारीको मृत्यु

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Motorcycle accident in Jhapa: Wife dies, husband injured

विराटनगर — झापाको मेचीनगर नगरपालिका–७, नमुना टोलस्थित भित्री सडकखण्डमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ। श्रीमान् घाइते छन्।

काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो। 

दुर्घटनामा बिर्तामोड नगरपालिका–७ निवासी ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका छन्। पछाडि सवार श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गम्भीर घाइते भएकी थिइन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।

गम्भीर अवस्थामा रहेकी भण्डारीलाई उपचारका लागि बी एन्ड सी अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

दुर्घटनामा संलग्न ४२६५ नम्बरको मोटरसाइकलका चालक, मेचीनगर नगरपालिका–६ निवासी ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ। 

कान्तिपुर

Link copied successfully