धनकुटाको तेलियाका १०१ वर्षीय पूर्ववडाअध्यक्ष तामाङको निधन 

स्थानीयबीच झाँक्री ‘बा’ का नामले चिनिने तामाङको गएराति घरमै निधन भएको स्थानीय प्रदीप ओझाले जानकारी दिए ।

माघ १४, २०८२

विनोद घिमिरे

101-year-old former ward chairman of Telia, Dhankuta, Tamang passes away

धनकुटा — जिल्लाको छथरजोरपाटी गाउँपालिका–४ तेलिया गाउँका १ सय १ वर्षीय लक्ष्मण तामाङको निधन भएको छ ।

शताब्दी पुरुषका रूपमा चिनिएका तामाङ १९८१ सालमा धनकुटाको तेलियामा जन्मिएका थिए । तामाङ २०३९ देखि २०४३ सालसम्म साबिक तेलिया गाविस वडा नम्बर १ का अध्यक्षसमेत थिए । उनी १५ भन्दा बढी निर्वाचनमा मतदान गरेको अनुभव सुनाउँथे। ६ जना सन्तानका अभिभावक रहेका तामाङकी श्रीमतीको केही वर्ष पहिले निधन भएको स्थानीय  योगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

स्थानीयबीच झाँक्री ‘बा’ का नामले चिनिने तामाङको गएराति घरमै निधन भएको स्थानीय प्रदीप ओझाले जानकारी दिए । झारफुक र परम्परागत उपचारमा ख्याति कमाएका तामाङ केही महिनादेखि अशक्त भएर घरमै थलिएका थिए । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully