जबरजस्ती करणी आरोपमा एक किशोरसहित दुई पक्राउ, अर्का किशाेर फरार

पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माघ १३, २०८२

भोटराज राई

Two arrested, including a teenager, on charges of rape, another teenager absconding

उदयपुर — जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully