क्यान्सरपीडित पत्रकारलाई घुमन्ते टिमको आर्थिक सहयोग

पाँचथरका पत्रकार सेर्माको उपचार खर्चका लागि सार्वजनिक रूपमा आह्वान गरिएको थियो । पहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएका सेर्माको अहिले भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ ।

माघ १३, २०८२

लक्ष्मी गौतम

Traveling team provides financial support to cancer-stricken journalists

पाँचथर — क्यान्सरपीडित पत्रकार कविन्द्र सेर्मा (कालिबहादुर)लाई ३ लाख ६९ हजार ३ सय ४० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

टिकटक प्रयोगकर्ताहरूको समूह (घुमन्ते टिम) ले देश विदेशमा संकलन गरेको उक्त रकम फिदिममा एक कार्यक्रम आयोजना गर्दै हस्तान्तरण गरेको हो ।

घुमन्ते टिमका अध्यक्ष दिनेश लिम्बूसहितको टिमले पत्रकार सेर्मालाई संकलित रकम हस्तान्तरण गरेको हो ।घुमन्तेका अध्यक्ष लिम्बूले नेपाल, भारत, भुटान हुँदै अस्ट्रेलियासम्मबाट सहयोग जुटाएको बताए ।

पत्रकार सेर्माको उपचार खर्चका लागि सार्वजनिक रूपमा आह्वान गरिएको थियो । पहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएका सेर्माको अहिले भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully