ईटहरीमा तीन दिनसम्म गरिएको छनौट प्रतियोगिताको आधारमा सुनसरी जिल्ला क्रिकेट संघले खेलाडीहरूको नाम सार्वजनिक गरेको हो।
सुनसरी — कोशी प्रदेश क्रिकेट संघद्वारा आयोजना हुने एलाइट कप क्रिकेट प्रतियोगिताका लागि सुनसरी जिल्लाको टिम घोषणा गरिएको छ।
ईटहरीमा तीन दिनसम्म गरिएको छनौट प्रतियोगिताको आधारमा सुनसरी जिल्ला क्रिकेट संघले खेलाडीहरूको नाम सार्वजनिक गरेको हो।
घोषित टिमको कप्तानी भूपाल लुइटेलले गर्नेछन् भने रितेश रोय र रोहन खत्री विकेटकिपरको भूमिकामा रहनेछन्। टिममा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन रहेको छ संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिए।
घोषित अन्य खेलाडीहरूमा गौरव कटवाल, आकाश सर्राफ, रबिन मण्डल, रोहन शाह, ओम बहादुर कुँवर, समीर तिमल्सिना, अफान ताहिर, रिजान पाण्डे, कविराज खत्री, विकल्प आचार्य, आशिष मण्डल रहेका छन्।
टिमको व्यवस्थापकको जिम्मेवारी शिवकुमार यादवले सम्हाल्ने छन् भने प्रशिक्षकको रूपमा राजकुमार प्रधान रहनेछन्। सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल सीपीद्वारा जारी सूचनामा छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै एलाइट कप प्रतियोगितामा सुनसरीको तर्फबाट उत्कृष्ट खेल प्रदर्शन हुने विश्वास व्यक्त गरिएको छ।
एलाईटकप कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाऊन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ गतेसम्म विराटनगरको मेरिलेबन मैदानमा हुदैछ । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीको सहभागिता रहने छ । माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ । माघ १७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।
