अरुण तेस्रो आयोजनामा कार्यरत एक मजदुर मृत फेला

तामाङको शव उत्तर दक्षिण कोशी राजमार्गको नालीमा मृत अवस्था फेला परेको प्रहरी जनाएको छ ।

माघ १३, २०८२

रासस

A worker working at the Arun III project was found dead.

किमाथांका — संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन् । 

आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन् । उत्तर दक्षिण कोशी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका–१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । 

तामाङको शव उत्तर दक्षिण कोशी राजमार्गको नालीमा मृत अवस्था फेला परेको प्रहरी जनाएको छ । 

शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रासस

Link copied successfully