कोइला तस्करीप्रति इँटा व्यवसायीको आपत्ति

संघले आइतबार पत्रकार सम्मेलन गरी केही दिनदेखि हल्दिया पोर्टबाट भारतीय ट्रक नम्बरको तीन वटा सवारीसाधनमार्फत आएको कोइला परीक्षण गर्दा पोर्टमा गरिएको ल्याब परीक्षणभन्दा निकै कम गुणस्तरको पाइएको जनाएको छ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Brick businessmen object to coal smuggling

सुनसरी — कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघले भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा भइरहेको अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

संघकाअनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा अन्य सप्लायर्सले अमेरिकाबाट उच्चगुणस्तरको कोइला खरिद गरी भारतको हल्दिया पोर्ट (बन्दरगाह) हुँदै नेपाल भित्र्याउने क्रममा बाटोमै कोइला अदलबदल गर्ने, ट्रकको सिल तोडफोड गरी नक्कली (डुप्लिकेट) सिल प्रयोग गर्ने जस्ता गैरकानुनी गतिविधि भइरहेको जनाएको छ।

संघलेआइतबार पत्रकार सम्मेलन गरी केही दिनअघिदेखि हल्दिया पोर्टबाट भारतीय ट्रक नम्बरको तीन वटा सवारीसाधनमार्फत आएको कोइला परीक्षण गर्दा पोर्टमा गरिएको ल्याब परीक्षणभन्दा निकै कम गुणस्तरको पाइएको जनाएको छ। सो क्रममा केही ट्रक चालकले भारतमै राम्रो कोइला बिक्री गरी खराब कोइला नेपाल ल्याएकोस्वीकार गरेको संघको दाबी छ।

संघकाअनुसार भारतमा कोइला तथा सिल खोल्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनिभारतीय भूमिमै कोइला अदलबदल हुनु र त्यसको प्रत्यक्ष असर नेपाली इँटा उद्योगीहरूलाई पर्नु गम्भीर विषय हो। गुणस्तरहीन कोइला प्रयोग गर्न बाध्य हुँदा उद्योगहरू ठूलो आर्थिक क्षतिमा परेको संघको भनाइ छ।

गलत कार्यमा संलग्न ट्रक र ट्रान्सपोर्ट कम्पनीमाथि छानबिन र कारबाहीको माग गर्दै संघले पत्रकार सम्मेलन आयोजना गरेको बताउँदै संघकाअध्यक्ष खगेन्द्र श्रेष्ठले दोषीमाथि तत्काल कडा कारबाही गर्न, कोइला आयातप्रक्रियालाई पारदर्शी बनाउन तथा उद्योगीहरूको हित संरक्षण गर्न सम्बन्धितनिकायसँग माग गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully