२०७९ को प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा कसको मत कति ?

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई र लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सुनिलबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

माघ ९, २०८२

विनोद घिमिरे

Whose votes count in Dhankuta in the 2079 House of Representatives elections?

What you should know

धनकुटा — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निवर्नचन नजिकिँदै जाँदा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको मत परिणामप्रति पनि चासो बढ्न थालेको छ ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई र लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सुनिलबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा भएको थियो । 

उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई ३० हजार १ सय १ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कााग्रेस नेता सुनिलबहादुर थापाले २८ हजार ७ सय ४ मत ल्याएका थिए ।

राजेन्द्रकुमार राई १ हजार ३ सय ७ मतको अन्तरले निर्वाचित भएका थिए । तत्कालीन माओवादी केन्द्रबाट अलग भएर स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९ मत ल्याएका थिए भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बूले ६ सय २५ मत प्राप्त गरेका थिए । यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका विश्वामित्र तिगेलाले २ सय १७ मत र एकीकृत शक्ति नेपालका रमेश राईले ९५ मत प्राप्त गरेका थिए ।

यस पटक हुने निर्वाचनका लागि धनकुटामा नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली कांग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, जनता समाजवादी पार्टीबाट निशान राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविनकुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई तथा मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राईले उम्मेदवारी दर्ता गराएका छन् । 

यसैगरी मनकुमार योञ्जन, जितेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७९ सालको मत परिणामलाई आधार मानेर यसपटकको निर्वाचनमा कसले बाजी मार्ला भन्ने विषयमा धनकुटामा राजनीतिक चासो तीव्र बन्दै गएको छ ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully