प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा लालविक्रम थापाविरूद्ध उजुरी गरेका हुन् ।
सुनसरी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गराएका लालविक्रम थापाविरुद्ध उजुरी परेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि मंगलबार मनोनयन गरेका थापाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा उनीविरूद्ध उजुरी गरेका हुन् ।
थापाले इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयलाई ७४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको र लेखा परीक्षणले पनि बक्यौता रहेको ठहर गरेको उल्लेख गरेका छन् । सोबारे बिहीबार सुनवाइ हुने सुनसरी क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत अरुण मेहताले जानकारी दिए ।
थापा यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार रहेका थिए ।
