सोलुखुम्बुमा १२ जनाको उम्मेदवारी दर्ता

सोलुखुम्बुमा आसन्न प्रतिनिधिसभाको निर्वाचनको लागि १२ जनाको उम्मेदवारी परेको छ ।

माघ ६, २०८२

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुमा आसन्न प्रतिनिधिसभाको निर्वाचनको लागि १२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी मनोनयन गर्ने १२ जना नै विभिन्न दलबाट रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ दलबाट मनोनयन दर्ता भएको हो । नेपाली कांग्रेसबाट प्रकाशसिंह कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट असीम राई र नेकपा एमालेबाट कल्पना राईको उम्मेदवारी दर्ता भएको हो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषिधन राई, उज्यालो नेपाल पार्टीबाट पेम्बाछिरि शेर्पा, मंगोल नेशनल अर्गनाइजेसनबाट मनकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेतको मनोनयन परेको छ ।

चिसोको समेत प्रवाह नगरी आफ्ना शुभेच्छुक लिएर सदरमुकाम सल्लेरी पुगेर मनोनयन गराउने उम्मेदवारहरुमा श्रम संस्कृति पार्टीबाट बीएस राई, जनता समाजवादी पार्टी नेपालबाट ल्हाक्पा शेर्पा, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ, मंगोल नेशनल अर्गनाईजेसनबाट मनकुमार गुरुङ, आम जनता पार्टीबाट गुणराज भट्टराई र नेपाल मजदुर किसान पार्टीबाट कमलबहादुर मगरले मनोनयन दर्ता गराएका हुन् । 

भानुभक्त

Link copied successfully