कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगास्थित नेमुवामा सोमबार साँझ करिब ७:३० बजे भएको सवारी दुर्घटनामा दुई जना जेसिजकर्मीको मृत्यु भएको हो ।
विराटनगर — कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगास्थित नेमुवामा सोमबार साँझ करिब ७:३० बजे भएको सवारी दुर्घटनामा दुई जना जेसिजकर्मीको मृत्यु भएको छ ।
कोशीमा पिकनिक सकेर घर फर्किने क्रममा दुई जना जेसिज २०१८ का अध्यक्ष कञ्चन झा र २०२४ का अध्यक्ष, प्रकाश झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकनिकबाट फर्किएका उनीहरू घर ननिस्की विराटनगर जेसिजको पद हस्तान्तरण कार्यक्रममा विराटनगर जाँदै थिए ।
