कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई खेलकुद विकास बोर्डको सदस्य सचिव तोक्ने निर्णय गरेको हो।

माघ २, २०८२

रासस

Sigdel appointed member secretary of Koshi Province Sports Development Board

मोरङ — कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देल नियुक्त भएका छन्।

शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सिग्देललाई खेलकुद विकास बोर्डको सदस्य सचिव तोक्ने निर्णय गरेको हो।

गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सिग्देललाई  तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने निर्णयसमेत गरेको उनले बताए। 

रासस

Link copied successfully