माघे संक्रान्तिको अवसरमा जिल्लाका विभिन्न मठ–मन्दिर, नदी तथा धारामा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
धनकुटा — धनकुटा जिल्लाका विभिन्न स्थानमा माघे संक्रान्ति पर्व परम्परागत र सांस्कृतिक रूपमा उल्लासपूर्वक मनाइदै छ।
माघे संक्रान्तिको अवसरमा जिल्लाका विभिन्न मठ–मन्दिर, नदी तथा धारामा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
धनकुटाको मुलघाट, तेलिया खोला, छरुवाखोला तमोरनदीको संगम त्रीवेणी, लेगुवा, बाघे खोला, हिले र मुगालगायत स्थानमा बिभिन्न कार्यक्रम गरेर माघी मनाइँदैछ ।
यी ठाउँमा मकर मेला, मकरस्नान, विभिन्न सास्कृतिक कार्यक्रम र खेलकुदका प्रतियोगिता आयोजना भइरहेका छन्। हिले बजारमा मगर संघले रयाली, हुर्ररा नाचलगायत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
यस्तै पाख्रीवासको मुगामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको छ। माघे संक्रान्तिले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउँदै आएको आयोजकको भनाइ छ।
मकर संक्रान्तिको अवसरमा घरघरमा स्नान, पूजा–अर्चना गरी चाकु, तिलको लड्डु, घिउ, तरुल, सखरखण्डलगायत परम्परागत परिकार खाएर पर्व मनाइरहेका छन् ।
