पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आइतबार पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको हो।
धनकुटा — नेपाली सेनाले धनकुटाको हिले स्थित २ नम्वर बाहिनी अड्डाको प्रवेशद्वारमा पृथ्वीनारायण शाहको सालिक स्थापना गरेको छ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आइतबार पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको हो।
सेनाको पूर्वी पृतना हेडक्वार्टरका पृतनापती उपरथी गौरवकुमार केसीले सालिक अनावरण गरे। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मानका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सालिक निर्माण गरिएको हिलेस्थित नेपाली सेनाको २ नम्बर बाहिनीले जनाएको छ ।