४ सय ४९ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

एम्बुलेन्सभित्र सेतो र कालो प्लाष्टिकमा प्याकिङ गरी १५ पोकामा राखिएको ४ सय ४९ किलो गाँजा बरामद भएको हो ।

पुस २८, २०८२

विनोद घिमिरे

Ambulance seized with 449 kg of marijuana

धनकुटा — जिल्लाको भेडेटारबाट प्रहरीले ४ सय ४९ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्स सोमबार चेकजाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।

एम्बुलेन्स चेकजाँचका लागि रोक्न खोज्दा गाडी छोडेर चालक भागेका थिए । खोजतलास गर्दा एम्बुलेन्सभित्र प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । 

एम्बुलेन्सभित्र सेतो र कालो प्लाष्टिकमा प्याकिङ गरी १५ पोकामा राखिएको ४ सय ४९ किलो गाँजा बरामद गरेको उनले जनाए । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully