संघीय सरकारकै कारण प्रदेश प्रहरी र निजामती ऐन कार्यान्वयन गर्न नसकिएको उनले गुनासो गरे।
धनकुटा — कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले संघीय सरकारकै कारण प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकिएको बताए ।
संघीय सरकारकै कारण प्रदेश प्रहरी र निजामती ऐन कार्यान्वयन गर्न नसकिएको गुनासो गरे। प्रदेश प्रहरी ऐन नआउँदा शान्तिसुरक्षा, विपद् व्यवस्थापन र सुशासनको क्षेत्र ओझेल परेको उनले बताए।
धनकुटा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले संघीय सरकारकै कारण प्रदेशको एकल अधिकार क्षेत्रका धेरै कानुन अलपत्र परेको बताए। धेरैजसो कानुन संघ, संघ पछि प्रदेश र स्थानीयतहका कानुन बन्नुपर्ने भए पनि त्यसो हुन नसकेको मन्त्री पराजुलीले जनाए।
