काठमाडौंका मेयर शाह फेसबुके प्रधानमन्त्री हुन् : साम्पाङ

साम्पाङले रवि लामिछाने र कुलमान घिसिङ पनि विदेशीको मतियार भएको आरोप लगाए ।

पुस २५, २०८२

अर्जुन सुवेदी

Kathmandu Mayor Shah is the Prime Minister on Facebook: Sampang

What you should know

सुनसरी — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई फेसबुके प्रधानमन्त्रीको संज्ञा दिएका छन् । 

धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका साम्पाङले इटहरीमा शुक्रबार आयोजित सभामा देश जलेको बेला भाग्ने शाह कुनै पनि हालतमा प्रधानमन्त्रीको लायक नभएको बताए । मेयर शाहप्रति आक्रमक देखिएका साम्पाङले रवि लामिछाने र कुलमान घिसिङ पनि विदेशीको मतियार भएको आरोप लगाए । तीन नेताहरु मिलेर भएको एकतालाई साम्पाङले गाँठो बन्धनको संज्ञासमेत दिए । उनीहरुको गाँठो परेको बन्धनले देशलाई समृद्ध नबनाउने साम्पाङको दाबी थियो । 

देश समृद्ध बनाउन श्रमदान अपरिहार्य रहेको उनको भनाइ थियो । पार्टीको संगठन विस्तार तथा चुनावी अभियानमा रहेका साम्पाङले नीति निर्माणसँगै श्रम संस्कृति स्थापित नगरेसम्म देशले वास्तविक विकासको बाटो नलिने बताए । 'लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्छ,' उनले भने, 'श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै दिगो विकास र समृद्धि सम्भव हुन्छ ।' । 

देशको समृद्धि आपसी एकता र सहकार्यबाट मात्रै हासिल हुने उनको भनाइ थियो । अध्यक्ष राईले देश अहिले जलेर खरानी बनेको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सबै मिलेर पुनःनिर्माण गर्नुपर्ने बताए । आगामी फागुनमा हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायले विशेष योजना बनाएर आवश्यक समन्वय गर्नुपर्ने अध्यक्ष राईले बताए । निर्वाचन नहुँदा लोकतन्त्र अपहरणमा पर्ने खतरा रहेको उल्लेख गर्दै आवधिक निर्वाचन नै लोकतान्त्रिक व्यवस्थाको आधार भएको जनाए ।

अर्जुन

Link copied successfully