जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार व्यवसायीलाई आक्रमण गरी भागेका दुवै जनालाई बुधबार दिउँसो १ बजेतिर पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
खोटाङ — निर्माण व्यवसायीमाथि आक्रमण गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका निर्माण व्यवसायी फडिन्द्र आचार्यलाई दिक्तेलस्थित सगरमाथा होटलमा बुधबार बिहान ११ बजे आक्रमण गरेको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवक राई र ९ निर्मलीडाँडाका धनजीत राई पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार व्यवसायीलाई आक्रमण गरी भागेका दुवै जनालाई बुधबार दिउँसो १ बजेतिर पक्राउ गरी अनुसन्धान भइरहेको छ । ‘घटनापछि फरार थिए दिउँसो १ बजे पक्राउ गरी अनुसन्धान भइरहेको छ,’ मिश्रले भने ।
